चीनमा मंगलबार थप ३६ मा कोरोना भाइरस सङ्क्रमण देखियो

 चैत १९, २०७६ बुधबार १६:२१:२५ | रासस
unn.prixa.net

चीनमा मंगलबार थप ३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् ।   

मंगलबार कोरोना भाइरस सङ्क्रमण देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ । एक जनामात्र चीनको गुआङ्डोङ प्रान्तको भएको बताइएको छ ।
 
यसैगरी मंगलबार कोरोना भाइरस सङ्क्रमणको कारण सात जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु भएका सात व्यक्तिमा ६ जना हुबेइ प्रान्तको एक जना शाघाईका रहेका छन् । 

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गएको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोभिड–१९ बाट विश्वभर आज बुधबारसम्म ४२ हजार ३४४ को मृत्यु भइसकेको छ  । आज प्राप्त पछिल्लो विवरणअनुसार संंसारभर आठ लाख ६० हजार १७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ । 

यस प्रकोपबाट चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर घर फर्किएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया