त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउने आठै जनाको परिचय खुल्यो

 साउन १२, २०७५ शनिबार ९:०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाएका ८ जनाकै परिचय खुलेको छ । १३ महिनाको बच्चा सुरेन्द्र राना मगर र तनहुँ भानु ५ की कविना श्रेष्ठको पहिचान भएसँगै सबैको परिचय खुलेको हो । 

शुक्रबार भएको दुर्घटनामा परि काठमाडाै‌ंका रविन गुरुङ, तनहुँ केशवटारका बावुराम तिवारी, तनहुँ भानु ५ का सुमित श्रेष्ठ, पाल्पा बगनासकालिका गाउँपालिकाका अर्जुन न्यौपाने, तनहुँ भन्सारकी कमला श्रेष्ठ र भारतको बेतिया घर भएका फिरोज मियाँको ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि घाइते भएकामध्ये ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, चार जनाको मनकामना अस्पताल भरतपुरमा, पाँच जनाको पोखराको मणिपाल अस्पतालमा, काठमाडौंको छाउनी अस्पताल र धादिङको गजुरी अस्पतालमा एक-एक जनाको उपचार भइरहेको छ । 

काठमाडौंबाट पोखराका लागि छुटेको ना ६ ख २५०६ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौँतर्फ आइरहेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किँदा बस त्रिशूली नदी किनार नजिकै खोल्सामा खसेको हो । 
 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया