अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
झापा – रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि रक्तदानसमेत ठप्प भएको छ ।
सोसाइटीका झापा अध्यक्ष लोकराज ढकालले तत्काल रक्तदान अभियान सञ्चालन नगरिने हो भने जिल्लामा रगतको हाहाकार हुनसक्ने बताउनुभयो । सरकारले अस्पतालको ओपिडी सेवा बन्द गराए पनि सुत्केरी, डायलासिस र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च छ ।
बिर्तामोड ब्लडबैंकबाट बीएण्डसी हस्पिटल, विर्तासिटी हस्पिटल, कनकाई हस्प्टिल, कञ्चजङ्घा हस्प्टिल, सञ्जीवनी हस्पिटल, मनमोहन सामुदायिक हस्पिटललगायत ठूला अस्पतालमा रगतको आपूर्ति हुँदै आएको छ ।
विर्तामोड ब्लडबैंकमा आज बिहानसम्ममा जम्मा १२ पिन्ट मात्र रगत मौज्दातमा रहेको विर्तामोड रेडक्रस सोसाइटी उपशाखाका अध्यक्ष शिवोकोटीले बताउनुभयो । रेडक्रस सोसाइटीले विर्तामोडको बीएण्डसी हस्पिटल परिसरमा सञ्चालन गरेको ब्लडबैंकमा पनि रगतको मौज्दात सकिएको छ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।