चितवनमा अत्यावश्यक पास बन्द

 चैत २०, २०७६ बिहिबार १२:३१:० | रासस
unn.prixa.net

चितवन - जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएकोे सवारी पास ९अनुमति पत्र० वितरण बन्द गरेको छ । कार्यालयले बुधबार  सूचना जारी गर्दै सबै प्रकारका पास वितरण बन्द गरेको जानकारी दिएको हो । 

पास लिन प्रशासनमा दिनहुँ भिडभाड बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय लिएको कार्यालयका प्रशासकीय अधिकृत इश्वर सिंखडाले जानकारी दिनुभयो । उहाँले सरकारको निर्णय अनुसार अनुमति पाएकाले आफ्नो परिचयपत्रका आधारमा सवारीसाधन चलाउनसक्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया