भारतमा कोरोना भाइरस सङ्क्रमणका ६४७ व्यक्ति तवलिगी जमातसँग सम्बन्धित भएको खुलासा

 चैत २१, २०७६ शुक्रबार २१:१०:२१ | रासस
unn.prixa.net

भारतका विभिन्न १४ राज्यमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति दिल्लीस्थित निजामुद्दिन मश्जिदमा  हालै सम्पन्न इस्लामको धार्मिक सभा तबलिगी जमातसँग सम्बन्धित भेटिएका भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । 

“भारतमा सङ्क्रमण पुष्टि भएका व्यक्तिमध्ये निजामुद्दिनमा भएको तबलिगी जमातमा सहभागी भएर घर फर्किएका वा उनीहरूसँगको सम्पर्कबाट सङ्क्रमित भएका व्यक्ति रहेको सरकारको तथ्याङ्क रहेको छ,” मन्त्रालयका सह–सचिव लव अग्रवालले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभएको छ । “ती सङ्क्रमणहरू अण्डमान, निकोबार, असाम, दिल्ली, हिमाञ्चल, हरियाणा, जम्मु तथा काश्मिर, झारखण्ड, कर्नाटक, महाराष्ट्र, राजस्थान, तामिलनाडु, तेलङ्गना, उत्तराखण्ड र उत्तर प्रदेशमा भेटिएका हुन्,” उहाँले भन्नुभयो ।

विगत २४ घण्टामा मृत्यु भएका १२ व्यक्तिमध्ये केही व्यक्ति तबलिगी जमात धार्मिक कार्यक्रमका सहभागी र उनीहरूका आफन्त रहेका छन् ।

भारतमा केही विदेशबाट आएका व्यक्तिबाट भित्रिएको विश्वास गरिएको कोरोनाभाइरस सङ्क्रमण थप फैलिनमा भारतीय राजधानीमा केही दिन पहिले सम्पन्न तगलिबी जमात सभा पनि जिम्मेवार रहेको अधिकारीहरूले दावी गरे ।  

महाराष्ट्र, कर्नाटक र तेलङ्गनामा भएका केही मृत्यु तबलिगी जमातमा सहभागीमध्येबाट भएका पनि पुष्टि भएको हो । 

‘फस्र्ट इन्फर्मेसन रिपोर्ट९एफआईआर०’ ले यसपहिले नै भारतको सङ्क्रामक रोग नियन्त्रण ऐन १८९७ अनुसार सरकारले सङ्क्रमण फैलिन नदिन गरेको राष्ट्रव्यापी निर्णयको उल्लङ्घन गर्दै राष्ट्रिय राजधानीमा उक्त धार्मिक सभा गरेको आरोपमा तबलिबी जमातका प्रमुख मौलाना साद र यसका अन्य जिम्मेवार अधिकारीविरूद्ध मुद्दा दर्ता गरेको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् ९आइसीएमआरका०  मनोज भि मुर्हेकरका अनुसार भारतभर विभिन्न १८२ ल्यावहरूले कोभिड–१९ सङ्क्रमण परीक्षण गरेका छन् भने यीमध्ये १३० सरकारी ल्याब रहेका छन् । उनीहरूले विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणको आशङ्का लागेका आठ हजार व्यक्तिको नमूना परीक्षण गरेका छन् । 

भारतमा कतिपय व्यक्तिलाई सङ्क्रमणको आशङ्कापछि क्वारेन्टाइनका लागि अस्पतालमा लग्ने क्रममा प्रहरी र अनुगमनका लागि अस्पताल भर्ना गरिएकोमा कतिपय व्यक्तिले स्वास्थ्यकर्मीमाथि पनि अभद्र व्यवहार देखाएको भन्ने सूचनाबारे सोधिएको प्रश्नमा गृह मन्त्रालयका सहसचिव पुन्य सलिला श्रीवास्तवले आक्रमण गर्नेलाई कानुनअनुसार सजायँ हुने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया