अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
सुनसरी – भारतबाट आएर सुनसरीका दुई मस्जिदमा आश्रय लिएर बसेका २२ जना विदेशी नागरिक फेला परेका छन् ।
सुनसरीको हरिनगर गाउँपालिका १ को जामिया मस्जिद मरकजमा एक हप्तादेखि इनरुवा, जल्पापुर हुँदै भुटाहा पुगेका भारत मुम्बईका १४ जनालाई सुनसरी प्रहरीले फेला पारेको हो । प्रहरीले अहिले उनीहरुमा कोरोना सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकाले मदरसाभित्रै सुरक्षित रूपमा क्वरेण्टीनमा बस्ने व्यवस्था गर्दैै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यसैगरी सुनसरी इटहरी उपमहानगरपालिका १८ को जतपुर मस्जिदमा आश्रय लिएर बसेका आठ पाकिस्तानी नागरिकलाई स्थानीवासीको गोप्य सूचनाका आधारमा प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय पकलीले उनीहरुको स्वाब परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको छ ।
स्थानीयवासीले विदेशबाट आउने स्वदेशी तथा विदेशीका बारेमा निगरानी बढाउँदै सूचना सङ्कलन गर्ने क्रममा फेला पारेका मानिसका बारेमा प्रहरीलाई जानकारी गराउने क्रम बढेकाले कोही पनि लुकिछिपी सुनसरीमा बस्न सक्ने अवस्था नरहेको सुनसरी प्रहरीले जनाएको छ ।
पछिल्लो समय सुनसरीको नेपाल–भारत सीमा नाकाबाट नयाँदिल्लीको निजामुद्दीनमा मुस्लिम संस्थाको आयोजनामा भएको ‘तबलीगी जमात’ को धार्मिक सभाबाट फर्किएकाहरु लुकिछिपी नेपाल प्रवेश गरिरहेका छन् । समूहमा प्रवेश गरेर रातिको समयमा एक स्थानबाट अर्को स्थान हुँदै सप्तरीतर्फ र केही सुनसरीमा बस्दै आए पनि उनीहरु रहेको स्थान यकिन हुन नसक्दा कोरोना सङ्क्रमणको खतरा बढेको स्थानीयवासीले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।