अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
हुम्ला - हुम्लाका सात स्थानीय तहमा १४१ क्वरेण्टीन बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सात गाउँपालिकाका ४४ वडामा बनेका क्वरेण्टीनस्थल अधिकांशमा आधारभूत सुविधासमेत नभएपछि अधिकांशले बस्न मानेका छैनन् ।
सर्केगाड गाउँपालिकामा तयार भएका क्वरेण्टीनमा कोही बस्न नमान्दा खाली रहेको गाउँपालिकाले जनाएको छ । सर्केगाडले केही दिन अगाडिदेखि महिनाको ३० हजार रुपैयाँ तिर्ने गरेर एक घरनै भाडामा लगेर १६ शय्याको क्वरेण्टीन बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताउनुभयो । भारतबाट मजदूरी गरेर फिर्ता भएकाहरु कोही पनि बस्न नमानेको अधिकृत शाहीले बताउनुभयो ।
ताजाँकोट गाउँपालिकाले वडा नम्बर ४ को गोठेलबाडा, बाजुरा र हुम्लाको सीमा कबाडी, छेप्रेलास्थित धर्मोदय र वडा नम्बर ३ को नाउलीमा क्वारेन्टिन निर्माण गरेको अध्यक्ष बाग्दल मल्लले बताउनुभयो । जिल्लामा १४१ क्वरेण्टीनमध्ये ५० सिमकोटमा छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका रामप्रसाद घर्ती मगरका अनुसार जिल्ला बाहिरबाट आएका र विदेशबाट आएकाहरु आआफ्नै घरमा बस्दै आएका कारण सातवटै गाउँपालिकामा तयार गरिएका क्वारेन्टिन खाली छन् ।
जिल्ला बाहिर काठमाडौँ, नेपालगञ्ज, सुर्खेत लगायत शहर र भारतबाट हुम्ला फर्किएका ८ सय ६१ जना हुम्ला प्रवेश गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तीन गाउँपालिकाका क्वरेण्टीन प्रयोगमा
सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकामा तयार भएका क्वरेण्टीन प्रयोगमा आएका छन भने अन्य पालिकामा रहेका क्वारेन्टिन खाली छन् ।
जिल्ला बाहिरबाट आएकाहरू गाउँमा तयार पारिएको क्वरेण्टीनमा बस्न नमान्दा अधिकांश क्वरेण्टीनस्थल रित्तै छन् । सिमकोटमा निर्माण गरिएका ५० शय्याको क्वरेण्टीनमा हालसम्म ३० तथा तल्लो बजारमा रहेको जिल्ला अस्पताल नजीक चर्चमा नौ जना बसेका छन् । तीन गाउँपालिकामा अहिलेसम्म ७२ जनालाई क्वरेण्टीनमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई गाउँपालिका स्वास्थ्य सामग्री खरीद गर्दै
कोरोना संक्रमणविरूद्धको लडाइँका लागि सिमकोट र खार्पुनाथ गाउँपालिकाले स्वास्थ्य उपकरण र औषधि खरीद गर्न लागेका छन् । सिमकोटले रु १० लाख मूल्य बराबरको स्वास्थ्य उपकरण र औषधि खरीद गरिसकेको छ ।
सम्भावित संक्रमणबाट जोगिन र गाउँपालिकामा स्थापना भएका हेल्थ डेस्क, क्वरेन्टिन र आइसोलेशनमा रहेका व्यक्तिलाई जाँच गर्न तथा कोरोनाविरुद्ध खटिएका पालिकाका स्वास्थ्यकर्मीलाई संक्रमण नहोस् भन्नाका लागि आवश्यक उपकरण र चाहिने औषधि खरीद गरिएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो ।
पालिकाले ३० थान पीपीई, १६ थान थर्मोगन, दुई हजार पाँच सय थान सर्जिकल मास्क, एक हजार थान सर्जिकल ग्लोब्स, साठी पोका लुज ग्लोभ्स, एक सय थान एन नाइन्टिन मास्क र २५० थान सेनिटाइजरसहित अन्य आवश्यक औषधि खरीद गरेको सिमकोटका अध्यक्ष पदमबहादुर लामाले बताउनुभयो ।
यस्तै खार्पुनाथ गाउँपालिकाले पनि कोरोना सङ्क्रमणका लागि जाँच गर्ने आवश्यक उपकरण् आफैँ खरीद गरेको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।