अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसविरुद्धको अभियानमा सहयोग र साथ दिन सङ्घीय सरकार, स्थानीय तह, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था तथा आम नागरिकलाई आज आह्वान गर्नुभएको छ ।
आज प्रदेशवासीलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले कोरोनाका कारण अहिले उत्पन्न सङ्कटको समयमा सामाजिक र नागरिकको दायित्व निर्वाह गर्ने अभियानमा निजी अस्पताल पनि जोडिने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशमा कोरोनाको सङ्क्रमणबाट बच्न र बचाउन हाम्रा सबै संयन्त्रहरुमार्फत आम जनतालाई सचेत र सजग गराउँदै अगाडि बढिएको उल्लेख गर्दै उहाँले रोगको रोकथाम, उपचार तथा निगरानीको व्यवस्थापनका लागि प्रदेश सरकारले रु ४० करोडको कोष खडा गरेको र यो कोषमा बैंक तथा निजी क्षेत्रबाट सहयोग रकम प्राप्त भइरहेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘कोरोनाको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीलाई विशेष अस्पताल घोषणा गर्नाका साथै महाकाली प्रादेशिक अस्पताल र जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयलाई कोरोनाको उपचार व्यवस्थापनका लागि आवश्यक रकम निकासा गर्ने व्यवस्था गरिएको छ ।’
भारतलगायतका देशबाट नेपाल प्रवेश गर्न चाहने नेपाली प्रदेशका विभिन्न सीमा क्षेत्रमा अलपत्र परेकोप्रति प्रदेश सरकारको ध्यानाकर्षण भई सङ्घीय सरकारसँग अनुरोध गरिएको भन्दै उहाँले भन्नुभयो,‘यो विषयमा नेपाल भारतबीच एकअर्का देशका नागरिकलाई बसोबास र खानपिनको व्यवस्थासहित निश्चित अवधिसम्म सम्बन्धित ठाउँकै क्वरेण्टीनमा राख्ने सहमति भएबमोजिम उहाँहरुलाई यथास्थानमा अन्तरिम व्यवस्थापन गरिएको छ, उहाँहरुलाई छिट्टै नेपाल प्रवेश गराई समस्या समाधानको पहल गरिएको छ ।’
उहाँले सेती प्रादेशिक अस्पताल, डोटी र बैतडी जिल्लामा कोरोना भाइरसको समेत परीक्षण गर्ने निर्णय प्रदेश सरकारले गरेकामा सेती प्रादेशिक अस्पतालमा कोरोनाको परीक्षण शुरु भइसकेकामा डोटी र बैतडी अस्पतालमा समेत शीघ्र जनशक्ति र प्रयोगशालाको व्यवस्थापनका लागि सङ्घीय सरकारसँग आग्रह गरिसकिएको जानकारी दिनुभयो ।
मुख्यमन्त्रीले सङ्घीय र स्थानीय तहसँग समन्वय गरी आवश्यक स्वास्थ्य प्रणालीका साथै क्वरेण्टीनको व्यवस्थापन, लकडाउनको पालना, सुरक्षा व्यवस्थापन, दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापन, कालोबजारी नियन्त्रणका लागि प्रदेश सरकार व्यवस्थित ढङ्गले अगाडि बढेको बताउनुभयो ।
अहिले उत्पन्न जटिल अवस्थाका कारण दैनिक ज्यालादारी गरी खाने र असहाय व्यक्तिको जीवनयापनका लागि सरकारले राहत प्याकेज उपलब्ध गराउन पहल गरिएको उहाँले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा चारजना कोरोना सङ्क्रमित भेटिएपछिको अवस्थामा सङ्घीय सरकारले कैलाली कञ्चनपुरमा ‘-यापिड टेस्ट किट’ प्रयोग गरी शङ्कास्पद बिरामीको जाँच गर्न टोली खटाउने निर्णय गरेको बताउँदै मुख्यमन्त्रीले प्रदेशका अन्य जिल्लामा समेत उक्त परीक्षण गराउन प्रदेश सरकारले समन्वय गरिरहेको बताउनुभयो ।
रोगको रोकथाम तथा निगरानीका लागि क्वरेण्टीनका साथै आइसोलेशन शय्याको व्यवस्थापन गरिएकामा रोगको सङ्क्रमित बढेको अवस्थामा थप तयारी गर्नुपर्ने महसुस भएको उहाँले बताउनुभयो ।
कोरोनासँग लड्नकै लागि लक डाउन गरिएको स्पष्ट पार्दै उहाँले लकडाउन हाम्रो र हाम्रै परिवारका लागि, हाम्रै समाज र देशका लागि भएको बताउनुभयो ।
उहाँले प्रदेशमा कोरोनाका सङ्क्रमित बढिरहेकामा नेपाल फर्किएका नागरिकबाट निजका आफन्तमा यो रोग सरेको देखिएकाले कोरोनाको भाइरसलाई तोड्नका लागि लकडाउनलाई पूर्णरुपमा पालन गर्न अपिल गर्नुभयो ।
आमसञ्चारका माध्यमले जिम्मेवार ढङ्गले यथार्थपरक सूचना सम्पे्रषण गरी आम जनतामा सचेतता गर्नुपर्ने खाँचो रहेको बताउँदै मुख्यमन्त्रीले आधिकारिक सूचना सङ्कलन सम्प्रेषणमा सञ्चारमाध्यमले पु¥याएको योगदानको स्मरण गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।