कोरोना कोषमा एक अर्ब ३२ करोड रुपैयाँ जम्मा

 चैत २४, २०७६ सोमबार १३:२९:२० | रासस
unn.prixa.net

काठमाण्डौ – सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’ मा अहिलेसम्म एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६ सय ३७ सङ्कलन भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको कोषमा आइतबार मात्र १३ करोड १७ लाख ११ हजार सात सय ५० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले १२ करोड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले ५० लाख, सिभिल बैंक लिमिटेडले ४३ लाख ५० हजार, मेलम्ची नगरपालिकाले आठ लाख दुई हजार ९ सय ४८ र दुर्गाबहादुर क्षेत्रीले तीन लाख रुपैयाँ कोषमा जम्मा गरेका छन् ।

त्यस्तै कोषमा नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति/संस्थाबाट कुल १२ लाख ५८ हजार आठ सय दुई रुपैयाँ जम्मा भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारले रकम जम्मा गर्न आह्वान गरेपछि कोषमा रकम जम्मा हुने क्रम बढेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Laxman Pathak

    April 7, 2020, 5:27 p.m.

    कोषमा पैसा जम्मा हुनु राम्रो हो तर दुरूपयोग नहोस् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया