टिपरले किचेर सहचालकको मृत्यु

 साउन १२, २०७५ शनिबार २०:३९:९ | उज्यालो सहकर्मी

धादिङ – धादिङबेसी सल्यानटार सडक अन्तरगत नीलकण्ठ नगरपालिका वडा नम्बर १० टारीबेसीमा शनिबार एउटा टिपर पछाडि हटाउन लाग्दा टिपरले किचेर सहचालकको ज्यान गएको छ ।

बा ४ ख ९९१६ नम्बरको खाली टिपर पछाडि हटाउँदा त्यसै टिपरका सहचालक ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ निवासी १९ वर्षीय अतित अधिकारी घाइते भए ।

घाइते अधिकारीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटामै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया