नदीजन्य पदार्थको अभावले गौतम बुद्ध विमानस्थलको काम ठप्प

 चैत २९, २०७६ शनिबार १२:३२:४५ | रासस
unn.prixa.net

भैरहवा -निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम नदीजन्य पदार्थको अभावले ठप्प भएको छ ।  

कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले  नदीजन्य पदार्थ निकाल्न निर्माण कम्पनीले नपाएपछि काम ठप्प हुने अवस्थामा पुगेको विमानस्थल निर्माण कम्पनीले जनाएकोे छ । सो विमानस्थलको करीब १० प्रतिशत काम मात्र बाँकी छ । 

धावन मार्ग, अन्तरराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न भइसकेको उक्त विमानस्थलको पेरिमिटरको सडक निर्माण, टर्मिनल र एप्रोनबीचको भाग ढलान र  उपकरण जडान गर्न बाँकी रहेको बताइएको छ । 

चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेकोे विमानस्थल सन् २०२० मार्च ३१ सम्म सम्पन्न हुनुपर्ने अन्तिम म्याद थियो ।  आयोजनाका लागि निर्माण कम्पनीका प्रतिनिधि र बुटवल उपमहानगरपालिकाबीच तिनाउबाट बालुवागिट्टी ल्याउने सम्झौता फागुनमा भए पनि बन्दाबन्दीका कारणले रोकिएको विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो ।

उनन्तीस चिनियाँ प्राविधिक –कामदार र ८० नेपाली कामदार आन्तरिक क्वरेण्टीन मा बसेर काम अगाडि बढाउन तयार भए पनि नदीजन्य सामग्रीको अभावले कुनै काम नभएको अधिकारीले बताउनुभयो ।  

निर्माण कम्पनीले वैशाख र जेठभित्र नदीजन्य वस्तु निकाल्न नपाए विमानस्थल निर्माणको काम थप एक वर्ष लम्बिने अनुमान गरिएको छ ।

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएशनले सन् २०१४ डिसेम्बर ३१ मा रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ मा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको जिम्मा लिएको हो ।

सो कम्पनीले सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो ।  निर्माण कम्पनीले मधेश आन्दोलन, नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया