पाँच दिनको पैदल यात्राः प्यूठानदेखि जुम्ला

 चैत २९, २०७६ शनिबार १३:३९:३९ | रासस
unn.prixa.net

जुम्ला - 'लकडाउन' हुनुअघि मजदुरीका लागि प्यूठान गएका जुम्ला र कालीकोटका युवा पाँच दिनको पैदल यात्रापछि जुम्ला आइपुगेका छन् । 

कोरोना भाइरसको त्रासपछि देशमा लकडाउन भएर ज्याला मजदुरी बन्द भएपछि उनीहरू पैदल यात्रा गरेरै यहाँ आइपुगेका हुन् ।

हिमा गाउँपालिका-६ महाबै पाथरखोलाका तुलराज अधिकारीले मजदुरीका लागि प्यूठान जिल्ला पुगेका बेला देश लकडाउन हुँदा कामविहीन भएर आर्थिक सङ्कटमा परेपछि रोल्पा हुँदै रुकुम, जाजरकोट भएर पाँच दिनमा जुम्ला पुगेको बताउनुभयो ।

हर्क तिरुवाले लकडाउनको अवधि निश्चित नभएपछि बरु घरमै बसौँला भनेर चाउचाउ, बिस्कुट र पानीका भरमा दिनरात हिँडेर जुम्ला पुगेको सुनाउनुभयो। 

कालीकोट जिल्लाका नौ र जुम्लाका चार गरी १३ जनालाई भौतिक संरचना निर्माणको जिम्मेवारी थियो । लकडाउनले काम पनि नहुने र भएका पैसा पनि सकिएपछि रातारात गरी आफ्नो जिल्ला आउनुपर्ने बाध्यता भएको तिरुवाले भन्नुभयो ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार प्यूठान जिल्लाबाट जुम्ला र कालीकोटका स्थानीयवासी युवा भागेर आएको जाजरकोट जिल्लासँग सिमाना जोडिएको तातोपानी गाउँपालिका – ७ ताम्तीगाउँबाट जानकारीआएको बताउनुभयो । 

स्थानीय बासिन्दा र प्रहरी टोलीले कालीकोट जिल्ला तिलागुफा नगरपालिकाका चार, पलाता गाउँपालिकाका पाँच र जुम्ला, महाबै पाथरखोलाका चार  युवावालाई नाग्म हेल्थ डेस्कमा जाँच गरेर १४ दिनसम्म बस्ने गरी क्वरेन्टीनमा राखेका छन् । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया