सप्तरीमा र्यापिड डाएग्नोस्टिक टेस्ट सुरु

 बैशाख १, २०७७ सोमबार १८:५:२६ | रासस
unn.prixa.net

सप्तरी – सप्तरीमा कोरोना भाइरस जाँचका लागि ‘र्यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडीटी) विधिबाट द्रुत परीक्षण सुरु भएको छ। 

क्वरेन्टीनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

राजविराज नगरपालिकामा चार जना, कञ्चनरुप नगरपालिकामा १६ जना र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ जनाको नमुना परीक्षण गरिएकामा सबै जनाको रिपोर्ट नेगेटिभ आएको  छ । आज आठ जना स्वास्थ्यकर्मीको चार वटा टोली बनाइ विभिन्न क्वरेन्टीनमा पठाइएको कार्यालयले जनाएको छ । 

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवका अनुसार १४ दिन पुगेपछि क्वरेन्टीनमा निगरानीमा बसेका व्यक्तिको परीक्षण गरिनेछ । अहिले जिल्लाको विभिन्न ३२ वटा क्वरेन्टीनमा पाँच महिलासहित २४७ जना छन् । 

यस अवधिमा क्वरेन्टीनबाट घर फर्किसकेका २११ जनाकोसमेत सम्बन्धित पालिकामै स्वास्थ्यकर्मीको टोली पुगेर परीक्षण गर्ने उहाँले जानकारी दिनुभयो ।

सरकारले ‘र्यापिड टेष्ट’ विधिबाट क्वरेन्टीनमा रहेका व्यक्तिको कोरोना भाइरस जाँच गर्ने निर्णय गरेसँगै किट उपलब्ध गराएपछि सो विधिबाट परीक्षण सुरु भएको हो।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार क्वरेन्टीनमा रहेका र ‘फिभर क्लिनिक’मा जचाउँन आएका व्यक्तिमा  ‘र्यापिड टेस्ट’ विधिको प्रयोग शुरु गरिएको छ ।
    
अस्पताललाई १६०, स्वास्थ्य कार्यालयलाई ६०० र कञ्चनरुप स्वास्थ्य चौकीलाई १०० थान किट उपलब्ध भएको स्वास्थ्य कार्यालयले जनाएको छ । किट उपलब्ध हुनासाथ परीक्षण शुरु भएको जनाउँदै प्रमुख मेसु डा दासले मलेरियाको परीक्षण पनि सँगै गरिने बताउनुभयो । 

उहाँका अनुसार क्वरेन्टीनमा निगरानीमा रहेकाको १४औँ दिन परीक्षण गरिनेछ । रिपोर्ट नेगेटिभ आएमा थप सात दिन क्वरेन्टीनमा राखिनेछ भने रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखी पिसीआर प्रविधिबाट देखापर्ने नतिजासँग दाँजिनेछ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया