कोभिड १९ : भारतमा १० हजारभन्दा धेरै सङ्क्रमित

 बैशाख २, २०७७ मंगलबार १२:५२:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतमा कोरोना भाइरस (कोभिड १९) बाट १० हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा अहिलेसम्म १० हजार २३ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म तीन सय ५० भन्दा धेरैको ज्यान गएको छ भने एक हजार ३५ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो समय भारतमा भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार बिहान देशको नाममा सम्बोधन गर्दै आउँदो मे ३ सम्मका लागि लकडाउनको अवधि बढाएका छन् । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै यसअघि घोषणा गरिएको २१ दिने लकडाउन आज पूरा हुँदै छ ।

सम्बोधनका क्रममा मोदीले लकडाउनको कारण नागरिकलाई निकै कष्ट भइरहेको बताए । साथै उनले व्यक्ति व्यक्तिबीचको दुरीले नै महामारीलाई नियन्त्रणमा लिन सकिने बताए । प्रधानमन्त्री मोदीले लकडाउनको अवधि बढेपछि थप सतर्क रहनुपर्ने बताए ।

लकडाउनलाई अझ कडा गरिने र आउँदो अप्रिल २० देखि लकडाउनको कत्तिको पालना भइरहेको छ भनेर मूल्याङ्कन हुने बताए । यदि लकडाउनको पूर्ण पालना भएमा अप्रिल २० देखि शर्तका साथ केही राहत दिइने प्रस्ट पारे ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया