सुर्खेतमा काेराेनाबारे भ्रम फैलाउने एक जना पक्राउ, अर्का एक जनाकाे खाेजी हुँदै

 बैशाख ३, २०७७ बुधबार ११:३:३५ | रासस
unn.prixa.net

काठमाण्डाै – सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर ८ काे कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले आचार्यलाई फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले आचार्यलाई कारबाही गर्न अनुसन्धान प्रक्रियाअघि बढाइएको बताउनुभयो ।

प्रहरीले ‘लेकबेँसी नगरपालिका वडा नम्बर १ मा एक जनामा कोरोना देखियो’ भनेर फेसबुकमा पोस्ट गर्ने प्रेम विवश नामक प्रयोगकर्तालाई पनि खोजी गरिरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका ल्याब इञ्चार्ज ओम आचार्यले कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमण फेला नपरेको जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया