भक्तपुरमा २ सय ६६ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ' : चार जनाको रिपोर्ट आउन बाँकी

 बैशाख ३, २०७७ बुधबार २०:१९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

 भक्तपुर - भक्तपुरमा भएको कोरोना संक्रमणको नमुना परीक्षणमा २ सय ६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

भक्तपुरको अस्पतालमा भएको नमुना संकलनमा विदेशबाट आएका २ सय ६६ सहित २ सय ७० जनाको नमुना संकलन गरिएकोमा चार जनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको छ । 

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले एक जनाको आइसोलेसनमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै स्वास्थ्य कार्यालय भक्तपुरले गरेको अनुगमनमा लोकन्थलीमा सञ्चालित समिट अस्पतालबाहेक अरु सबै अस्पतालको अवस्था सन्तोषजनक रहेको पाइएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Badri thapa

    April 15, 2020, 8:30 p.m.

    What rapid test was used. WHO has not recommended any rapid test that can detect antigen or antibody.

  •  0 Reply

तपाईको प्रतिक्रिया