अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
चितवन - र्यापिड डायग्नोस्टिक परीक्षण (आरडीटी)का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक व्यक्तिको नतिजा नेगेटिभ आएको छ ।
भरतपुर कोभिड–१९ प्रयोगशालामा पीसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो ।
गएको चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा पोजेटिभ देखिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब कोभिड-१९ प्रयोगशालामा ल्याइएको थियो । प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो ।
यस्तै राप्ती नगरपालिकामा गएको चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा र्यापिड डायग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ ।
खाडी र मलेसियामा बिहीबारकाे काेराेना अपडेट : सङ्क्रमित नेपालीको सङ्ख्या ५२ पुग्यो, ५ निकाे भए, ४७ जना अस्पतालमा |
उनीसँगै हङकङ हुदै आएका दुई छोरालाई पनि अस्पताल ल्याइएको छ । र्यापिड डायग्नोस्टिक परीक्षणका क्रममा छोराहरुको भने नेगेटिभ देखिएको थियो । राप्तीबाट ल्याइएका तीनै जनाको पीसीआर विधिबाट आज परीक्षण गरिने अधिकारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।