कैलाली : 'लकडाउन'मा महिला हिंसाका घटनामा कमी

 वैशाख ५, २०७७ शुक्रबार १३:५६:३० | रासस
unn.prixa.net

कैलाली - लकडाउनका समयमा कैलालीको टीकापुरमा महिला हिंसाका घटनामा कमी आएको छ । नेपालमा लकडाउनपछि शुक्रबारसम्म इलाका प्रहरी कार्यालय टीकापुरमा  हिंसाका दुई मात्र उजुरी दर्ता भएका छन् ।

‘लकडाउनको २५ दिनमा दुई महिलाले मात्रै हिंसामा पर्यौँ भनी उजुरी गरेका छन् । दुई वटा घटना पनि श्रीमानले जाँड रक्सी खाएर झगडा र कुटपिट गरेका हुन्’, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले भन्नुभयो, ‘हामीले उनीहरुकै घरमा गएर सम्झाएर आयौँ ।’

डीएसपी भट्टका अनुसार विगत महिनामा २० भन्दा बढी महिला हिंसाका उजुरी दर्ता हुने गरेका थिए । प्रहरीका अनुसार यहाँ  जाँड रक्सीकै कारण महिला हिंसामा पर्छन् ।

‘लकडाउनका कारण पुरुषहरु घरमै बस्नुपर्दा जाँड रक्सी खान नपाएका कारण हिंसाका घटनामा पनि कमी आयो’, भट्ट भन्नुहुन्छ,‘हामीले लकडाउनको समयमा जाँड रक्सी बिक्री गरिरहेका केही ठाउँबाट चार सय लिटर बरामद समेत गरेका छौँ ।’

लकडाउनपछि सवारी दुर्घटनाका घटनामा समेत कमी आएको प्रहरीले जनाएको छ । मानिस हिँड्न र गाडी चलन बन्द भएपछि सवारी दुर्घटनामा कमी आएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया