भारतीय सुरक्षाकर्मीले नेपालको कन्हौली नाकामा ल्याएर छाडेका ९१ जना फेरि भारत फिर्ता

 बैशाख ५, २०७७ शुक्रबार १८:२१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही - भारतीय सुरक्षाकर्मीले नेपालको कन्हौली नाकामा ल्याएर छाडेका १ सय १४ जना नेपालीमध्ये ९१ जनालाई भारत नै फिर्ता पठाइएको छ।

शुक्रबार दिउँसो भारतीय सुरक्षा अधिकारीसँग छलफल गरी ९१ जनालाई भारत पठाइएको र बाँकी २३ जनालाई सर्लाहीको चन्द्रनगर गाँउपालिकामा रहेको क्वरेण्टीनमा राखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो।

उनीहरु भारतको सोनवर्षामा स्थापना गरिएको क्वरेण्टीनमा एक साता देखि बस्दै आएका थिए। बिहीबार राति भारतीय सुरक्षाकर्मीले उनीहरु सबैजनालाई बिना जानकारी ट्रकमा राखेर नेपाल भारत सीमाको लखन्देही खोलाको बगरमा ल्याएर छाडेका थिए।

उनीहरुमध्ये केहीलाई ज्वरो र रुघाखोकी लागेको पाइएको छ। बिहानै खोलाको बगरमा ठूलो संख्यामा मान्छे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।उनीहरुसँगै आएका अझै केही मानिस कतै लुकेर कतै बसेको हुनसक्ने आशंका स्थानीयले गरेका छन ।

भारतको विभिन्न स्थानमा काम गर्न गएका नेपालीहरु पछिल्लो समय चोर बाटोबाट धमाधम नेपाल फर्किरहेका छन ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया