अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ - यूरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०लाई आफूहरूको तर्फबाट बलियो समर्थन रहेको बताउनुभएको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसससँग बिहीबार भएको टेलिफोन कुराकानीका क्रममा बोर्रेलले डब्लूएचओलाई समर्थन रहेको जानकारी दिनुभएको हो ।
संसारभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाईंमा डब्लूएचओलाई यो बेला साथ दिनुपर्ने आवश्यकतामा यूरोपेली संघका अन्य उच्च अधिकारीहरूले पनि जोड दिएका छन् ।
विदेश मामिला र सुरक्षा नीतिसम्वन्धी अधिकारीहरुले बहुपक्षीय प्रणालीमार्फत् सबैसँग सहकार्य गर्नुपर्ने समय रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको मङ्गलबार डब्लूएचओलाई दिँदै आएको सहयोगमा आधा कटौति गर्ने घोषणा गर्नुभएको थियो । उहाँले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि डब्लूएचओले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै सहयोग रकम कटौतिको घोषणा गर्नुभएको थियो ।
त्यसको जवाफमा डब्लुएचओका महानिर्देशक गेब्रेससले महामारीका बेला राजनीति नगर्न आग्रहसहितको प्रक्रिया दिनुभएको थियो । रकम कटौति गर्ने उहाँको घोषणाप्रति अन्य विभिन्न देशका प्रतिनिधिहरूले पनि चर्को असन्तुष्टि जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhama paudyal
April 18, 2020, 7:55 a.m.अमेरिका बिस्व समुदाय बाट झान झान अलग्गिदै गरेको संकेत हो यो ।