अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काभ्रेपलाञ्चाेक - काभ्रेमा विभिन्न देशबाट घर फर्किएकाहरुमा कारोना भाइरस (काेभिड १९) काे सङ्क्रमण नेगेटिभ देखिएको छ । गएको चैत महिनायता विदेशबाट घर फर्किएका सबैको र्यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो ।
काभ्रेमा रहेको पालिका स्वास्थ्य शाखाद्वारा विदेशबाट आएकाको द्रूत गतिमा गरिएको कोरोना भाइरस परीक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
चैत महिनायता घर फर्किएका दुई सय ५१ जनाको गरिएको आरडीटीमा सबैको नतिजा नेगेटिभ आएको कार्यालय प्रमुख डाटर नरेन्द्र झाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशबाट फर्कने सबैको परीक्षण सकियो, कुनै व्यक्तिमा पनि कारोना भाइरस सङ्क्रमण नभएको पुष्टि भएको छ ।’
डा. झाका अनुसार विदेशबाट घर फर्किएकामध्ये आरडीटीमा दुई जनामा सङ्क्रमण शङ्का लागेकाे र दोस्रो परीक्षण पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) गर्दा नेगेटिभ देखिएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता काभ्रेमा चार सय ५१ जना विदेशबाट घर फर्किएका छन् । तीमध्ये चैत महिनामा मात्रै दुई सय ५१ जना विदेशबाट घर फर्किएको पाइएको हो । अहिले चैत महिनामा मात्रै घर फर्किएकाको आरडीटी गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।