अमेरिका र क्यानडाको सिमाना थप एक महिना बन्द गर्ने सहमति

 वैशाख ७, २०७७ आइतबार १६:३२:० | रासस
unn.prixa.net

अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द गर्न दुवै देश सहमत भएका छन् । 

क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले थप ३० दिन दुई देशको सिमाना बन्द गर्न दुवै देश सहमत भएको जानकारी दिनु भएको छ । 

उहाँले सिमानाका बन्द गरिए पनि अत्यावश्यक सेवाका लागि कुनै अवरोध नहुने शनिबार स्पष्ट पार्नु भएको छ । सिमाना बन्द गर्ने अवधि कति समयसम्म लम्बिन्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था रहेको पनि उहाँले बताउनु भयो ।

“यस अगाडि भएको सम्झौतालाई अहिले थप ३० दिनका लागि लम्ब्याइएको छ, तर अत्यावश्यक सेवाको कामका लागि भने कुनै अवरोध हुने छैन,” उहाँले भन्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत बुधबार कोरोनाभाइरसको महामारीका विरुद्धमा अमेरिका र क्यानाडाले मिलेर काम गर्ने बताउनु भएको थियो । 

सिमाना बन्द गर्नेसम्बन्धी अमेरिका र क्यानाडाको सम्झौताको म्याद आगामी हप्ता सकिन लागेकाले फेरि म्याद थपिएको हो । अमेरिका र क्यानाडाका सिमानाबाट दैनिक दुई लाख मानिस आवतजावत गर्ने गर्दछन् । 

कोरोनाभाइरसको प्रभाव सबैभन्दा धेरै महाशक्ति राष्ट्र अमेरिकामै देखिएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा आइतबारसम्म सात लाख ३८ हजार ९२३ जना संक्रमित भएका छन् भने ३९ हजार १५ जनाको मृत्यु भएको छ । 

त्यसैगरी क्यानाडामा कोरोनाभाइरसबाट ३३ हजार ३८३ जना संक्रमित हुँदा एक हजार ४७० जनाको मृत्यु भएको छ । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया