भारतमा तेलंगना सरकारले लकडाउनको अवधि थप्यो

 वैशाख ८, २०७७ सोमबार १४:२९:२८ | रासस
unn.prixa.net

भारतको तेलंगना सरकारले हाल जारी रहेको लकडाउनको अवधिलाई आगामी मे ७ तारिखसम्म लम्ब्याउने निर्णय गरेको छ । 

यहाँको मन्त्रिपरिषदले आइतबार सो निर्णय गरेको बताइएको छ । यसअघि घोषित यो नीतिमा थप गरी यो अवधिसम्म पुर्याइएको समाचारमा जनाइएको छ । 
तेलंगना राज्यका मुख्यमन्त्री के चन्द्रशेखर रावले यस विषयमा जानकारी दिनुभएको छ । उहाँकाअनुसार यहाँका अत्यावश्यक खाद्यान्नलगायतका उद्योग र औषधि उद्योग एवं पसलहरु भने खुला रहने छन् । 

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे १ तारिखसम्म लगाउनुभएको लकडाउनको अवधिलाई बढाएर भारतभर मे ३ सम्म पुर्याएलगत्तै यता यस राज्य सरकारले पनि यो घोषणा गरेको हो ।

मुख्यमन्त्री रावले तेलंगना राज्यमा बाहिरबाट आएर बसोबास गरिरहेका आप्रबासीहरुमध्ये परिवारमा बस्नेहरुका लाग प्रतिपरिवार १ हजार ५ सय भारतीय रुपैयाँ र एक्लै बस्नेका लागि खाद्यान्न उपलब्ध गराइने जानकारी पनि दिनुभयो ।

यहाँको मुख्य सरकारले यहाँ काम गरिरहेका प्रहरीहरुको तलबमा १० प्रतिशत वृद्धि गरेको पनि जनाएको छ । 

उनीहरुले यस्तो विषम परिस्थितिमा पनि जोखिममा काम गर्नुपर्ने अवस्था रहेकोले उनीहरुको तलबमा वृद्धि गरिएको बताइएको छ । 

यो राज्यमा मात्र कोभिड-१९ का ८ सय ५८ जना सङ्क्रमित फर्किएका छन् भने २१ जनाको मृत्यु भइसकेको छ । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया