राजमार्गमा रोकिएका पैदलयात्रुको उद्धार

 वैशाख ८, २०७७ सोमबार १५:११:२९ | रासस
unn.prixa.net

तनहुँ - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा रोकिएका पैदलयात्रीलाई प्रहरीले आइतबार उद्धार गरेको छ । 

गोरखा, लमजुङलगायत विभिन्न ठाउँमा काम गर्ने सर्वसाधारण हिँडेरै घर जान आँबुखैरेनी आइपुगेपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीले उनीहरुलाई उद्धार गरेर पठाएको हो ।

सरकारले राजमार्गमा रोकिएका र अलपत्र परेकाहरुलाई उद्धार गर्न निर्देशन दिएपछि हिँडेर घर जान लागेका ४६ जनालाई उद्धार गरी घर पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिनुभयो । 

 सल्यान र बर्दिया घर भएका उनीहरुलाई आँबुखैरेनी गाउँपालिकाको समन्वयमा सवारी साधन खोजेर घर पठाइएको सुवेदीले बताउनुभयो ।

‘सरकारको निर्देशनसँगै हिँडेर गन्तव्यतर्फ जान लागेका र अलपत्र परेकालाई घर पठाएका छौ’, उहाँले भन्नुभयो, ‘उनीहरु विभिन्न जिल्लामा काम गर्ने मजदूर रहेको पाइएको छ ।’ उहाँका अनुसार उद्धार गरिएका सबैको विवरण राखिएको छ । 

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले बन्दाबन्दी घोषणा गरेपछि गुजारा चलाउन गाह्रो भएकाले हिँडेरै घरतर्फ जान लागेको सल्यानका अनिल बोहोराले बताउनुभयो । पैदलयात्रुलाई आँबुखैरेनीस्थित सिद्धि गणेश टोल सुधार समिति र मिलन युवा समाजले पानी, चिउरा, बिस्कुट, काँक्रोलगायत खाजा सामग्री उपलब्ध गराएको थियो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया