नेकपा सचिवालय बैठक सम्पन्न : जारी अध्यादेशका विषयमा छलफल

 वैशाख ८, २०७७ सोमबार २१:३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी भएको विषयमा नेकपाको सचिवालयमा छलफल भएको छ ।

बेलुका ६ बजेदेखि सुरु भएको बैठक केहीबेर अघि सकिएको हो । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज जारी भएका दुई अध्यादेशका विभिन्न कोणमा गम्भीर छलफल भएको र बैठकमा नेताहरुले आ-आफ्ना कुरा राखेको जानकारी दिनुभयो । 

उहाँले पार्टीभित्र बृहत छलफल गरेर मात्रै अध्यादेश ल्याउनुपर्ने विषयमा पनि कुराकानी भएको बताउनुभयो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी भइसकेकाले अब छलफल गरिरहनु पर्ने औचित्य नभएको बताएका उहाँले जानकारी दिनुभयो ।

यस्तै, पार्टी एकतालाई मजबुत बनाउने र सरकारलाई सशक्त बनाउने विषयमा कुरा गनु पर्ने र कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा एकजुट हुनु पर्नेमा जोड दिएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्रीपरिषदको सिफारिसमा आज राष्ट्रपति भण्डारीले राजनीतिक दल सम्बन्धि दोश्रो संशोधन विधेयक २०७७ र संवैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धी पहिलो संशोधन विधेयक २०७७ जारी गर्नुभएको थियो ।

यो अध्यादेश जारी भएसँगै अब कुनै पनि राजनीतिक दलको केन्द्रीय कमिटि वा संघीय संसदको संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत सदस्यको समर्थन भए नयाँ दल दर्ता गर्न सकिने भएको छ ।

अहिलेको समय मुख्यगरी कोरोनाको सङ्क्रमणविरुद्ध सिँगो देशलाई एकताबद्ध बनाउनुपर्ने बेला भएकोमा सबै नेताले जोड दिएक प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया