सरकारको कामप्रति उपराष्ट्रपति पुन असन्तुष्ट

 साउन १३, २०७५ आइतबार १७:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

उपराष्ट्रपति पुनले सरकारको काममा ढिलासुस्ती हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । ‘२४ औं कार्गो दिवस’ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले रेल, पानी जहाजजस्ता कुरामाभन्दा पनि नागरिकको जीवनस्तरलाई सुदृढ बनाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन रोड कनेक्टिभिटीमा जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उपराष्ट्रपति पुनले काठमाडौंको सडकको दुरावस्था हटाउनेलगायतका कामलाई तीव्रता दिन सरकार र सम्बन्धित निकायलाई ढिलाई नगर्न आग्रह गर्नुभयो ।

काठमाडौंमा डुबान हुँदा पनि खासै काम गर्न नसकेकोमा उपराष्ट्रपति पुनको सरकारप्रति गुनासो छ । उहाँले सरकारलाई काम गर्ने शैलीमा तीव्रता दिन आग्रह गर्नुभयो । सरकारले काम गर्ने शैलीमा परिवर्तन नगरे पाँच वर्षमा पनि मुलुकमा कुरा बाहेक केही पनि काम नहुने उपराष्ट्रपति पुनको भनाई छ ।

उपराष्ट्रपति पुनले नागरिकका दैनिक आवश्यक्तालाई सम्बोधन गर्ने काममा सरकारले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । उहाँले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई साथ दिन पनि सबैलाई आह्वान गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • Rudta paudel

    July 29, 2018, 5:36 p.m.

    अबको ५ साल सम्ममा देशमा कुनै कुरामा विकास र कानुनमा राम्रो नियम गर्नुपर्दछ / बलात्कारको केसमा लिंग काट्ने या फाँसी दिने गर्नुपर्छ / तस्करी गर्नेलाई आजन्म जेल सजायँ हुनुपर्छ /अनिमात्र मानिस सचेत हुन्छन / मानिस सचेत र क्रियाशील भयो भने विकास हुन समय लाग्दैन /

  •  0 Reply

तपाईको प्रतिक्रिया