नेपाल एअरलाइन्सका १९ वटा चार्टर्ड उडान, ‘आम्दानी खुुलाउन मिल्दैन’

 वैशाख ११, २०७७ बिहीबार ९:९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल एअरलाइन्सले पछिल्लो एक महिनामा आन्तरिक र बाह्य गरेर १९ वटा चार्टर्ड उडान गरेको  छ । सरकारले गएको चैत १० गतेदेखि यात्रु बोकेर आउने जहाजलाई प्रतिबन्ध लगाएको छ । तर यस बीचमा विभिन्न देशले यात्रु ओसार्न नेपालबाट चार्टर्ड उडान गरे भने केही कार्गो उडान पनि भए । 

नेपाल एअरलाइन्सले पनि आन्तरिकतर्फ ११ वटा उडान गर्‍यो । विभिन्न ठाउँमा अलपत्र परेका विदेशी पर्यटकको उद्धार, औषधि तथा कोरोनाको परीक्षणको लागि नमुना ल्याउन पनि उडान भयो । आन्तरिकतर्फ नेपाल एअरलाइन्सले लुक्लाको लागि सात वटा र  नेपालगञ्जको लागि चार वटा चार्टर्ड उडान गरेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । 

यस्तै अन्तर्राष्ट्रियतर्फ नेपाल एअरलाइन्सले आठ वटा उडान गरेको छ । नेपाल एअरलाइन्सले चीनको ग्वान्झाउमा चार वटा उडान गरेको छ । यी सबै मेडिकल सामग्री ल्याउन प्रयोग भएका थिए, चार वटै उडान वाइडबडी जहाजले गरेका थिए । 

यस्तै वाइडबडीमार्फत नै एउटा चार्डर्ड उडान अस्ट्रेलियाको ब्रिस्वेनको लागि भएको थियो भने अर्को जापानको नारिताको लागि भएको थियो । 

साथै दुई वटा चार्टर्ड उडान न्यारोबडी जहाजमार्फत भएका छन् । एउटा जहाज ब्राजिलका नागरिक बोकेर भारतको दिल्लीको लागि उडान गरेको थियो भने एउटा उडान बङ्गलादेशको ढाकाको लागि भएको थियो । 

‘आम्दानी कति भयो भन्न मिल्दैन’

अस्ट्रेलियाको ब्रिस्वेन उडानको क्रममा नेपाल एअरलाइन्सले सिधै चार्टर्ड उडान गर्नुपर्नेमा एजेन्ट घुसाएर २७ लाख रुपैयाँभन्दा धेरै कमिसन खाएको भन्दै आलोचना भएको थियो । चौतर्फी आलोचनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशनमा एजेन्टको कमिसन फिर्ता भएको थियो । अस्ट्रेलियाका लागि नेपाल वायुसेवा निगमले पाँच करोड ७१ लाख १२ हजार रुपैयाँमा चार्टर्ड उडान गरेको थियो । 

तर अन्य १८ वटा उडानको भाडाको बारेमा अहिले भन्न नमिल्ने निगमले जनाएको छ ।

‘यो आन्तरिक विषय हो, हाम्रो चार्टर्ड रेट र हामीले गरेको आम्दानी अहिले बाहिर भन्न मिल्दैन’, निगमकी प्रवक्ता अर्चना खड्काले भन्नुभयो । 

उहाँले माथिल्लो निकायबाट यो कुरा बाहिर नलैजानु भन्ने आशयको कुरा गरेपछि हामीले निगमका वाणिज्य निर्देशक टङ्कनिधि दाहाललाई पनि सम्पर्क गर्‍यौं । उहाँले पनि यो विषय फाइनान्सलाई मात्रै थाहा हुने र आफूले भन्न नसक्ने जानकारी दिनुभयो । 

लकडाउन अवधिभर ३४ वटा चार्टर्ड उडान 

लकडाउनको एक महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । यी सबै चार्डर्ड उडान हुन् । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार सबैभन्दा धेरै कतार एअरले १० वटा उडान गरेको छ । नेपाल एअरलाइन्सले आठ वटा, बेलायतको टाइटनले तीन वटा, कोरियन एअरलाइन्सले दुई वटा उडान गरेका छन् । 

यस्तै अरबको इतिहाद एअर अरेबिया, चेक रिपब्लिकको चेक एअर, मलेसियाको मलेसियन र मालिन्दो, भुटानको ड्रुक एअर, रुसको रोयल फ्लाइट एअर, अमेरिकी दूतावासको सामान लिएर आएको डिप्लोम्याटिक उडान,  श्री एअरलाइन्सको सुडान उडान र बुद्ध एअरको ढाका उडान गरी ३४ वटा उडान भएका छन् ।  

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Saurav sahani

    April 23, 2020, 11:46 a.m.

    About 15-20 nepalese worker are in trouble in UAE green global facilities management company.. The company is not providing food.. They are in critical condition due to hunger and lack of proper medical treatment.. And they will get the die due to hunger but the non of the government Nepal and uae both are not taking thier responsibility BUT THE Nepal government is not taking action or responsibility towards its citizens to rescue them....its heartly request to the nepal government that the nepal government return back them to nepal as soon as possible

  •  0 Reply
  • Chetan rai

    April 23, 2020, 9:18 a.m.

    What a hell going on in the government these days?, why income should be in secret?? This is really hell of people leading all sector in nepal , except mr. Kulman ghising , nea!! Pls dick out the truth all journalists

  •  0 Reply

तपाईको प्रतिक्रिया