अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
गोरखा – उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिका ३ को सिर्दिवास नाक्चेतमा लोपोन्मुख गिद्ध भेटिएको छ ।
एक स्थानीयवासीको घरमा बिरामी अवस्थामा गिद्ध फेला परेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिनुभयो । लोपोन्मुख गिद्धकोे उद्धार गरिएको गरिएको छ ।
घरमा गिद्ध आएर बसेपछि बुधबार स्थानीयवासीले सिर्दिवासको फिलिममा रहेको मनास्लु संरक्षण क्षेत्रको कार्यालयलाई जानकारी गराएको थिए । कार्यालयमा जानकारी आएलगत्तै कर्मचारी पठाएर गिद्धको उद्धार गरिएको प्रमुख लामाको भनाइ छ ।
‘घरमा भेटिएको गिद्ध उड्नसमेत नसक्ने अवस्थामा थियो’, उहाँले भन्नुभयो, ‘गिद्धले आहार नपाएर हो वा बिरामी भएर हो स्पष्ट भएको छैन । लोपोन्मुख गिद्धलाई संरक्षणका लागि पिँजडाभित्र राखिएको छ ।’ फेला परेको गिद्ध चितवनको पक्षी संरक्षण सङ्घ नेपालले संरक्षण गरेको राखेको उहाँको भनाइ छ ।
‘फेला परेको गिद्धको खुट्टामा ३९ नम्बरको ट्यागसमेत लगाइएको रहेछ’, प्रमुख लामाले भन्नुभयो, ‘अहिले भेटेरेनरी चिकित्सकको सल्लाह अनुसार आहार दिएर राखिएको छ ।’ गिद्ध फेला परेलगत्तै सौराहामा रहेको जैविक विविधता संरक्षण केन्द्रलाई समेत जानकारी गराइ सकिएको उहाँले जानकारी दिनुभयो । अहिले गिद्धको स्वास्थ्य अवस्था सुधार हुँदै गएको लामाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।