अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
भोजपुर - उदयपुरमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने आमचोक गाउँपालिका प्रवेश गर्ने सबै नाका सिल गरिएको छ ।
छिमेकी जिल्लामा कोरोनाको सङ्क्रमण देखिएसँगै सीमा जोडिएका रानीटार, बगुवा, जोगी पत्थर र मैयुङटार सीमानाकामा ‘सिल’ गरिएको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उदयपुरमा कोरोनाको सङ्क्रमण देखिएपछि हाम्रो पालिकासँग सीमा जोडिएका सम्पूर्ण नाका सिल गरेका छौँ भने सीमा क्षेत्रको सुरक्षामा कडाइ गरिएको छ ।’
गाउँपालिकाले काठमाण्डौबाट ६ देखि ७ सम्म लगाएर हिँडेर आएका आफ्ना क्षेत्रका ३७ स्थानीयवासीलाई उद्धार गरेर क्वरेन्टीनमा राखेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
‘हामीले यहाँका स्थानीयलाई राहतको व्यवस्था मिलाएका छौँ भने काठमाण्डौमा रहेका नागरिकलाई पनि राहतको व्यवस्था मिलाएका छौँ, अत्यावश्यक कामका लागि अन्य क्षेत्रबाट आएका आफ्ना नागरिकलाई १४ दिन क्वरेन्टीनमा बस्ने शर्तमा ल्याएका छौँ’, अध्यक्ष राईले भन्नुभयो ।
अन्य पालिकाका तुलनामा आमचोक गाउँपालिका जोखिममा रहेकाले १०० शैय्याको क्वरेन्टीन निर्माण गर्ने लक्ष्य भए पनि अहिलेसम्म ७४ शैय्याको क्वरेन्टीन निर्माण गरेको गाउँपालिकाले जनाएको छ । यस गाउँपालिकामा ५४ जना क्वरेन्टीनमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।