प्रधानमन्त्री ओली र चीनका उप–विदेशमन्त्री वाङबीच भेटवार्ता

 साउन १३, २०७५ आइतबार १९:१७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उप–विदेश मन्त्री वाङ वाजुनले आइतबार शिष्टाचार भेटघाट गर्नुभएको छ ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने बताउनुभएको छ । ‘हामी एक चीन नीतिका पक्षमा छौं । यो हाम्रो स्थायी नीति हो  । यस नीतिलाई हामी आघात पर्न दिदैनौं’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको ट्रान्सपोट र टा«न्जिट सन्धिलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको बताउनुभएको । 

‘सन् २०१६ को मार्चमा चीनसँग गरिएको सन्धीलाई हामी छिटै निष्कर्षमा पु¥याउदैछौं’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी भूपरिवेष्टित देश भएकोले यो सन्धि मार्फत हामी समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौं ।’

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनु भएको छ । ‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आतुर छौं ।’

उप–विदेश मन्त्री वाङले नेपाल–चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताउनुभएको छ । गएको महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल–चीन सम्बन्धका थुप्रै आयामहरुका बारेमा सहमति भएकोले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको वाङले बताउनुभएको छ ।

‘सरकार सरकारका बीच र जनस्तरबाट पनि नेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गर्नु पर्दछ’, प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा वाङले भन्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया