कोरोना जितेकी बाग्लुङकी युवती भन्नुहुन्छ- धैर्य र आत्मबल कोरोनाको औषधि

 बैशाख १३, २०७७ शनिबार ९:६:२३ | रासस
unn.prixa.net

बाग्लुङ - बाग्लुङकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।  

युवतीको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कोरोनामुक्त हुनुभएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ ।

बागलुङकी १९ वर्षीया युवतीकोे पाँचौँ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको र छैटौँ स्वाबको नमूना पनि नेगेटिभ आएपछि शुक्रबार राति अस्पतालले उहाँलाई डिस्चार्ज गरेको धवलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो ।

२८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा तल युवतीले आफूले कोरोनालाई जितेर घर हिँड्दा खुशीको सीमा नरहेको बताउनुभयो ।

उहाँले आत्मबल नै सबैभन्दा ठूलो भएको भन्दै धैर्यता गर्न सबैलाई आग्रह गर्नुभयो । ‘सबैभन्दा ठूलो कुरा आत्मबल र धैर्यता रहेछ’, उहाँले भन्नुभयो, ‘कोरोनालाई जित्न रोग प्रतिरोधी क्षमता बढाउँदै आत्मबल दह्रो बनाउँदै लगें ।’  

हाँले औषधि नै पत्ता नलागेको रोगलाई जित्ने उपाय धैर्य गर्नु र आत्मबल बढाउँदै लैजानुभएको भन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई धेरै धन्यवाद दिनुभयो । 

‘चिकित्सकहरुको परामर्श र अभिभावकको सान्त्वनाका कारण अस्पतालमा बिताएका २८ दिन लामो लागेन’, उहाँले अनुभव सुनाउनुभयो, ‘२८ दिनको अवधिमा एक दिन पनि आफूलाई कमजोर बनाइनं, आत्मबल झनै दह्रो बनाएर बसेँ ।’

अन्य कोरोना सङ्क्रमितले पनि स्वास्थ्यको ख्याल गर्दै मनोबल बढाउँदै लैजान सुझावसमेत दिनुभयो । आफूले आफैँलाई कमजोर ठाने रोगले गलाउँदै लाने भन्दै उहाँले सबैलाई रोगप्रति सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले मानसिकरूपमा विचलित भएमा कमजोर हुने भन्दै सबैलाई सकारात्मक सोच्न आग्रह गर्नुभयो । आत्मबल र धैर्यता नै कोरोनाको अचुक औषधि रहेको उहाँले बताउनुभयो । 

छोरीलाई कोरोना सङ्क्रमित हुँदा जीवनमा सबैभन्दा बढी पीडावोध भए पनि २८ दिनमा छोरीलाई घर फर्काउन पाउँदा ज्यादै खुशी भएको युवतीका बुबाले बताउनुभयो । उहाँले छोरीलाई २८ दिनसम्म एक्लै अस्पतालमा राख्दा बाबुका नाताले धेरै पीडा भए पनि सकुशल घर फर्काउँदा पीडा खुशीमा परिणत भएको बताउनुभयो । 

अठ्ठाइस दिनको अस्पताल बसाइमा कुनै समस्या नभएको भन्दै उहाँले उपचारमा खट्ने तथा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको थियो । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको हेरचाहप्रति आफू आभारी भएको उहाँको भनाइ छ ।

अस्पताल बसाइमा उहाँले आफूलाई कहिल्यै कमजोर नठानेको उपचारमा संलग्न डा शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो । युवतीलाई नेपाल रेडक्रस सोसाइटीकोे एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालयले घर पुर्याएको थियो । 

युवतीको अवस्था सामान्य भए पनि यसअघिको चार स्वाब रिपोर्ट कोरोना सङ्क्रमण अर्थात् पोजेटिभ रिपोर्ट आएको थियो । युवती चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आउनुभएको थियो । उहाँको चैत १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसै सातामात्रै नेपालको छैटौँ तथा जिल्लाको दोस्रो सङ्क्रमित६५ वर्षीया महिला दम र उच्च रक्तचापका बाबजुद पनि सहजै कोरोनालाई जितेर घर फर्कनुभएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया