पाकिस्तानमा 'लकडाउन'को अवधि लम्बियो

 वैशाख १३, २०७७ शनिबार १४:१२:१५ | रासस
unn.prixa.net

काठमाण्डौ - पाकिस्तानमा घाेषणा गरिएको लकडाउनको अवधि थप गरिएको छ । 

कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नुपरेको सरकारी अधिकारीहरुले बताएका छन् । पाकिस्तानी सरकारले आउँदो मे ९ तारिखसम्मका लागि लकडाउन रहिरहने घोषणा गरेको हो । 

केन्द्रीय योजना तथा विकास मन्त्री असद उमराले राष्ट्रिय नियन्त्रण केन्द्रले लकडाउनको समयावधि बढाउने निर्णय गरेको जानकारी दिनुभयो । देशव्यापी लकडाउन भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ११ हजारभन्दा बढी भएको छ । 

सरकारी अधिकारीहरुका अनुसार सङ्क्रमित हुनेहरुको कुल सङ्ख्या ११ हजार ६ सय ५२ रहेको छ । त्यसैगरी देशभरि कोरोना भाइरसका कारण दुई सय ४२ भन्दा बढीको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै पञ्जाब प्रदेश प्रभावित भएको छ । त्यहाँ चार हजार आठ सय ५१ जना सङ्क्रमित भेटिएका छन् । महामारीविरुद्धको कतिपय मापदण्डहरुलाई पाकिस्तानमा कतिपय व्यक्तिहरुले बेवास्ता गरेको पाइएको छ ।  

शनिबारदेखि मुस्लिम धर्मावलम्बीहरुको एक महिने रमजान पर्व समेत सुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ ।  

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया