विश्व स्वास्थ्य संगठनको आलोचना गलत मनसायबाट अभिप्रेरित : रूसी विदेशमन्त्री

 वैशाख १५, २०७७ सोमबार ६:४३:१७ | रासस
unn.prixa.net

काठमाण्डौ - कतिपय मुलुकहरूले अहिले विश्व स्वास्थ्य संगठनको आलोचना गर्नुको पछाडि उनीहरूले कोभिड–१९ सङ्क्रमणको महामारीमा नियन्त्रणका लागि यथोचित भूमिकाको कमीलाई पुष्टि गर्नु रहेको रूसी विदेश मन्त्री सर्गेई लाभरोभलाई उद्धृत गर्दै रूसी ‘रिया नोवोस्ती न्यूज एजेन्सी’ ले लेखेको छ ।

शनिबार उक्त समाचार संस्थाले सम्प्रेषण गरेको अन्तर्वार्तामा उहाँले भन्नुभयो, ‘मलाई राजनीतिकरणमा यो वा त्यो समूहमा सामेल हुने चाहना छैन तर विश्व स्वास्थ्य संगठनमाथिको आलोचनामा राजनीतिकरणको सङ्केत देखिन्छ ।’

‘मेरो विचारमा ती आलोचनाहरू कोभिड–१९ को महहामारीविरूद्धको लडाईंमा आफ्ना ढिलो र अप्रयाप्त कामबाट आफूलाई निर्दोष देखाउने गलत विचारहरू मात्रै हुन् ।’

उहाँले भन्नुभयो, ‘विश्व स्वास्थ्य संगठन आफैमा पूर्ण नहुनसक्छ तर यसले आफ्नो भूमिकालाई पूरा गरेको छ । एउटा नेतृत्वदायी अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनका रूपमा विश्व समुदायसँग सहकार्य गरेको छ ।’

विश्व स्वास्थ्य संगठनको गतिविधि यसका सदस्य राष्ट्रहरूद्वारा निर्धारण हुने उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया