अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
खोटाङ - हलेसी तुवाचुङ नगरपालिकाले काठमाण्डौमा अलपत्र नगरवासीलाई गाडी पठाएर घर फर्काएको विषयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिमा आलोचना भएको छ ।
यही वैशाख ७ गतेको जिल्ला समन्वय समितिको बैठकमा जिल्लाका नाकामा आवत–जावत गर्न बन्द गर्ने-गराउने निर्णय गरिएको भए पनि उक्त नगरपालिकाले गत बिहीबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर एक हजार ३ सय ६९ नागरिकलाई भित्र्याएको भन्दै समितिको बैठकमा आलोचना गरिएको हो ।
त्यसरी ल्याउँदा गाउँमा कोरोना भाइरसको सङ्क्रमण भित्रिन सक्ने भन्दै समितिका सदस्यहरुले आपत्ति जनाएका छन् । बन्दाबन्दीको अवधिमा पनि कतिपय केन्द्रीयस्तरका नेता तथा स्थानीय तहले शहरमा अलपत्र नागरिकलाई गाउँ लगिरहेको अवस्थामा उक्त नगरपालिकाले पनि नगरबासीलाई घर ल्याएको थियो ।
जिल्लाका नाकामा आवत–जावतमा रोक लगाउने निर्णयमा हस्ताक्षर गरेर फर्किएपछि बैठकको निर्णयलाई उलङ्घन गर्ने काम भएको भन्दै नगरप्रमुखको आलोचना भएको जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो । सो बैठकमा हलेसी तुवाचुङ नगरपालिकाका प्रतिनिधि भने उपस्थित थिएनन् ।
बैठकले काठमाडौँबाट जिल्लाका अन्य स्थानीय तहले पनि सर्वसाधारणलाई घर ल्याउने तयारी गरिरहेको पाइएकाले अत्यावश्यक काममा बाहेक घर ल्याउने कामलाई प्रोत्साहित नगर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको संयोजक चाम्लिङले जानकारी दिनुभयो ।
‘पछिल्लो समय शहरभन्दा गाउँ असुरक्षित बन्दै गएको छ’, उहाँले भन्नुभयो, ‘शहरमा रहेका व्यक्तिलाई सोही ठाउँमा आवश्यक राहतको व्यवस्था गरेर जहाँ रहेका छन्, त्यहीँ राख्न उचित हुने देखिन्छ ।’
हलेसी तुवाचुङ नगरपालिकाले होम क्वरेण्टीनमा राख्ने गरी नगरबासीलाई घर ल्याएको जनाएको छ । घर ल्याइएका व्यक्तिहरुलाई अनिवार्य १४ दिनसम्म होम क्वरेण्टीन वा क्वरेण्टीनमा बस्ने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका दश बुँदे कबुलियतनामा गराएर घर ल्याइएको नगरप्रमुख इवन राईले बताउनुभयो ।
‘सङ्क्रमण फैलनबाट रोक्न नगरपालिका सचेत छ’, उहाँले भन्नुभयो, ‘आफूले गरेको कबुलियतनामा उलङ्घन गरेमा कारबाही गरिनेछ । शनिबार मात्रै दुई जनालाई पक्राउ गरेर कारबाही शुरु गरिएको छ ।’
हाल जिल्लाको रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाले पनि आफ्नो नागरिकलाई काठमाडौँबाट घर ल्याउने तयारी गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।