भारतमा ‘कोभिड–१९’ सङ्क्रमितको संख्या २६ हजार ९ सय नाघ्यो

 बैशाख १५, २०७७ सोमबार १२:४४:३० | रासस
unn.prixa.net

काठमाण्डौ - भारतमा गएको २४ घन्टायता एक हजार ९ सय ७५ कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका सोमबार जनाइएको छ । 

सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड-१९’ का सङ्क्रमितहरूको संख्या २६ हजार ९ सय १७ जना पुगेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा देखिएका सङ्क्रमितहरूमध्ये ५ हजार ९ सय भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २० हजार १७७ कोरोनाका सङ्क्रमित बिरामी अस्पतालमा उपचाररत रहेका छन् ।

कोरोना भाइरसको अत्यधिक सङ्क्रमणको कारण सार्वजनिक यातायात, विद्यालय, कलेज र शपिंग मललगायत सबै सेवाहरू बन्द गरिएको छ । पछिल्ला केही दिनहरुमा केन्द्रीय सरकारले बिस्तारै बन्देजहरु सहज गरिरहेको छ ।  

भारतमा सङ्क्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस ९कोविड–१९० को सङ्क्रमण रोक्नको बन्दाबन्दी ९लकडाउन० लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था फेरि १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गर्नु भएको थियो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया