अमेरिकाको केही राज्यमा राष्ट्रपति चुनावको मतगणना शुरू, प्रारम्...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उमर अकमललाई तीन वर्षको प्रतिबन्ध लगाएको छ । उमर अकमल भ्रष्टाचारसम्बन्धी काममा संलग्न रहेको भन्दै पीसीबीले उनलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो ।
सन् २००९ देखि उनी पटक पटक विवादमा तानिँदै आएका खेलाडी हुन् । जसका कारण डेब्यू टेस्टमै शतक बनाएका अकमलले अहिलेसम्म पाकिस्तानका लागि १६ टेस्ट मात्रै खेल्न पाएका छन् ।
उनले एक सय २१ एकदिवसीय तथा ८४ वटा टी–२० खेलेका छन् । उनले पछिल्लो समय सन् २०१९ मा अस्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट खेलेका थिए ।
यो सिजनको पाकिस्तानी सुपर लिग (पीएसएल) को सुरुमै फिटनेस टेस्ट गर्दा अकमल प्रशिक्षकसँग विवादमा परेका थिए । पहिला पनि तत्कालीन प्रशिक्षक मिकी आर्थरसँग विवाद भएपछि उनी क्याम्पबाटै आउट भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।