अमेरिकाको केही राज्यमा राष्ट्रपति चुनावको मतगणना शुरू, प्रारम्...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – विश्व फुटबल महासङ्घ (फिफा) को मेडिकल कमिटीका प्रमुख डाक्टर मिचेल होगीले यो सिजनको फुटबल सुरु गर्नुभन्दा नयाँ सिजनको तयारीमा लाग्न उचित रहेको बताएका छन् ।
मिचेलले एउटा डाक्टरको नाताले कोरोना भाइरस (काेभिड १९) का कारण रोकिएको फुटबललाई सुरु गर्नेतिर ध्यान दिनको सट्टा सबै फुटबल सङ्घले अर्को सिजनका लागि ध्यान दिनु राम्रो हुने धारणा राखेका छन् । फिफा मेडिकल कमिटीका प्रमुख मिचेलले आगामी दिनमा फुटबल गतिविधि सुरु गर्नु घातक हरेको बताएका छन् ।
उनले फिफालाई पनि यही सुझाव दिएको बताएका छन । उनले अर्को सिजनलाई राम्रोसँग सुरुवात गराउनका लागि बरु तयारी गर्दा उचित रहने र त्यो नै सबैभन्दा उत्तम उपाय रहेको बताए ।
युरोपियन लिगहरुका विषयमा २५ मे मा अन्तिम निर्णय दिन युरोपियन फुटबल महासङ्घले निर्देशन दिइसकेको छ । मिचेलले यो सिजन सुरु गर्नु सोचेको भन्दा ठूलो चुनौती रहेको बताएका छन् । यदि कारणवश फेरि भाइरसले प्रकाेपका रुप लियाे भने दुखद बाहेक अरु केही नहुने बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।