अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
सप्तरी - सप्तरीको कञ्चनरुप नगरपालिका-९ को कार्यालयमा स्थानीयवासीले ताला लगाएका छन् भने महादेवा गाउँपालिका–४ मा नाराबाजी गरेर राहत वितरण स्थगन गरेका छन् ।
राहत वितरणमा काखापाखा र अनियमितता भएको भन्दै कञ्चनरुप-९ को वडा कार्यालय र राहत राखिएको कोठामा वडावासीले मङ्गलबार ताला लगाएका हुन् ।
यस्तै महादेवा गाउँपालिका–४ मा राहत वितरणमा विभेद गरेको भन्दै नाराबाजी गरेपछि राहत वितरण स्थगन भएको हो । कोरोना सङ्क्रमणको विश्वव्यापी महामारी रोक्न गएको चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि गरिब तथा विपन्नलाई राहत वितरण गर्न कञ्चनरुप नगरपालिकाले वडा नं ९ लाई पाँच लाख चार हजार रुपैयाँ रकम पठाएको थियो ।
सर्वदलीय समितिको बैठकले ५०० घरधुरीलाई राहत वितरण गर्ने तयारी गरेको छ । सोमबारसम्म वडा नम्बर ९ मा ४ सय ७५ घरधुरीलाई राहत वितरण गरिसकेपछि केही घरको नाम छुटेको भन्दै ताला लगाइदिएको वडाध्यक्ष लक्ष्मण यादवले जनाउनुभयो ।
छाक टार्न समस्या भएका, अपाङ्गता भएका र विपन्न दलित समुदायले राहत नपाएकाले तालाबन्दी गरिएको स्थानीय भोला यादवले बताउनुभयो । सर्वदलीय समितिको निर्णयबमोजिम राहत वितरण भइरहेको जनाउँदै वडाध्यक्ष यादवले एकै परिवारका सदस्यहरू राहत पाउन अलग–अलग परिवार बनेर राहतको दाबी गर्न थालेकाले राहत पुर्याउन गाह्रो भएको बताउनुभयो ।
एउटै परिवारमा रहेका चारजनासम्मले राहत दाबी गर्दै तालाबन्दी गरेको भन्दै वडाध्यक्ष यादवले पुनः सबै दलका प्रतिनिधि बसेर समस्या समाधान गरिने जनाउनुभयो ।
कञ्चनरुप नगरपालिकाको सबै वडाले अत्यधिक नामावली पेश गरेपछि कञ्चनरुप नगरपालिकाले राहत वितरणका लागि ४३ लाख एक हजार रुपैयाँ र प्रदेश नं २ सरकारले पठाएको १५ लाख जोडेर राहत कोषमा ५८ लाख एक हजार रुपैयाँ रकम छुट्याएको छ।
यसैगरी महदेवा गाउँपालिका–४ बलियाको वडा कार्यालयमा भेला भएका स्थानीयवासीले राजनीतिक आस्थाका आधारमा विभेद गरिएको तथा अतिगरिब एवं विपन्न परिवार छुटाएको भन्दै नाराबाजी गरेर राहत वितरण स्थगन गरेका छन् ।
अतिविपन्नको नाम समावेश हुनुपर्ने र मापदण्डअनुसार राहत वितरण हुनुपर्ने नाराबाजी गर्नेको माग छ । वडाध्ययक्ष जुगेश्वर साहले राहत वितरणमा काखापाखा नगरिएको दाबी गर्नुभयो ।
कुल एक हजार २ सय घरधुरी रहेको वडामा ५८० परिवारको नामावली सङ्कलन गरेर सोहीअनुसार वितरण गर्न लाग्दा केही व्यक्तिले अवरोध पुर्याएको उहाँले बताउनुभयो ।
छुटेका गरिब, विपन्नलाई पछि राहत दिने प्रतिबद्धता जनाए पनि होहल्ला गरी अशान्ति मच्चाएकाले तत्काल राहत वितरण स्थगन गरिएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।