अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
महोत्तरी - महोत्तरीको भङ्गहा नगरपालिका-७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएको छ ।
नगरपालिका-७ को मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चार जनाको रहस्यमय रुपमा ज्यान गएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताउनुभयो ।
उहाँका अनुसार एकपछि अर्को गरी स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गाराम सदाको ज्यान गएको हो ।
वडाध्यक्ष थारुले चारैजनाले रक्सी पिउने गरेका र गाउँमा अत्याधिक मात्रामा रक्सी उत्पादन भइरहेकाले उनीहरुको विषाक्त रक्सी पिएर ज्यान गएको हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो ।
यस सन्दर्भमा महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले उनीहरुको मृत्यु दुई/तीन दिनको अन्तरालमा भएको खबर पाएको तर शव परीक्षण नगरी उनीहरुको मृत्यु रक्सी सेवनबाटै भएको निष्कर्षमा पुग्न नसकिने बताउनुभयो ।
प्रहरी उपरीक्षक अधिकारीले घटनाको जानकारी प्राप्त भएलगत्तै यस गाउँमा व्यापक प्रहरी परिचालन गरेर बुझ्न लगाउँदा मृतकमध्ये तीनजनालाई आफन्तले दाहसंस्कार गरिसके पनि मृतक लालबाबु सिंहको शव बुधबार प्रहरीले जलाउनुअघि नै नियन्त्रणमा लिइसकेको तथा परीक्षणका लागि अस्पतालमा पठाएको बताउनुभयो ।
यसैबीच विषाक्त रक्सी सेवनबाट उनीहरुको मृत्यु भएको अड्कलबाजी भइरहेकै अवस्थामा प्रहरी मृतकमध्ये लालबाबु सिंहको घरबाट रक्सी बरामद गरेको छ भने स्थानीय रामपुकार सिंहको घरमा मदिरा बनाउने भट्टी तथा मदिरा तयार गर्न राखिएको ८०० लिटर कच्चा पदार्थसमेत बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।