काठमाण्डौबाट पाँच दिनमा ४ हजार ५ सयभन्दा बढी सोलुखुम्बुवासीको उद्धार

 वैशाख १८, २०७७ बिहीबार १५:२०:३४ | रासस
unn.prixa.net

सोलुखुम्बु - कोभिड-१९को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँका चार हजार ५ सय भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ ।

विभिन्न निकायसँगको विशेष समन्वयमा उनीहरुलाई उद्धार गरिएको सांसद हेमकुमार राईले जानकारी दिनुभयो । थुलुङदूधकोशी गाउँपालिकाले सबैभन्दा धेरै एक हजार १९८ जना र  सबैभन्दा कम सोताङ गाउँपालिकाले २९९ जनाको उद्धार गरेको छ । 

थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असीम राई आफैँ काठमाण्डौ पुगेर पालिकाभित्रका नागरिकलाई गाउँसम्म ल्याएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिनुभयो । 

यस्तै सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा र उपमेयर कल्पना राईसमेत काठमाण्डौमा पुगेर ७ सय ९९ जनाको उद्धार गरेको नगर प्रवक्ता सारदामाया तामाङले जानकारी दिनुभयो । यस्तै जिल्लाको नेचासल्यानले ५ सय ९६ जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष आफैँ काठमाण्डौमा गई उनीहरुको उद्धार गरेर ल्याएको गाउँपालिकाले जनाएको छ । माप्यदूधकोशी गाउँपालिकाले ५७० जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो । 

काठमाण्डौमा गठन गरेको सम्पर्क समितिमार्फत विवरण सङ्कलन गरी उनीहरुलाई उद्धार गरिएको उहाँको भनाइ छ । जिल्लाको कोशीपारिको गाउँपालिका महाकुलुङले ४ सय ७६ जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो ।

यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ३२० जना र लिखु पिके गाउँपालिकाले करिब ३०० जनाको उद्धार गरेको सम्बन्धित गाउँपालिकाले जनाएका छन् । 

 वैशाख १२ गतेदेखि जिल्लाका विभिन्न पालिकाले उद्धार कार्य सुरु गरेका थिए । अहिले पहिलो चरणको उद्धार कार्य सकिएको सांसद  राईको भनाइ छ ।

 विषम परिस्थितिको सामना गर्नु सबैको कर्तव्य भएको भन्दै उहाँले १४ दिनसम्म होम क्वरेन्टीनमा बस्न आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया