डेढ महिनामा अनुचित व्यापारिक कारोबार गर्ने ७० फर्मलाई जरिबाना

 वैशाख १९, २०७७ शुक्रबार १३:३७:१५ | रासस
unn.prixa.net

काठमाण्डौ - डेढ महिनाका अवधिमा अनुचित व्यापारिक कारोबारगरेको जनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई जरिबाना गरेको छ ।

गत चैत १ गतेदेखि यही वैशाख १८ गतेसम्म विभागले गरेको नियमित बजार अनुगमनका क्रममा सबैभन्दा धेरै कारबाहीमा पर्नेमा खाद्य पसल रहेका छन् । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार बजार अनुगमनका क्रममा जरिबाना गरिएका फर्ममध्ये २३ खाद्यान्न पसल छन् ।

मूल्य वृद्धि गर्ने, गुणस्तरहीन सामग्री उत्पादन एवं बिक्री वितरण गर्ने, मूल्यसूची नराख्ने लगायत उपभोक्ताको गुनासोका आधारमा विभागले अनुगमन र कारवाही गर्दै आएको छ ।

उहाँका अनुसार कारबाहीस्वरुप जरिबाना गरिएका फर्ममध्ये नौ सर्जिकल हाउसबाट १७ लाख ४० हजार, २३ खाद्य पसल १४ लाख २५ हजार, पाँच औषधि पसलबाट पाँच लाख ५० हजार, ६ खाद्यान्न र ग्यास पसलबाट चार लाख ५५ हजार, पाँच ग्यास पसलबाट ५५ हजार, ६ मासु पसलबाट रु सात लाख, पाँच शृङ्गार पसलबाट चार लाख १५ हजार, दुई मार्टबाट सात लाख र अन्य पसलबाट ७० लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ ।

विभागले डेढ महिना अवधिमा २४५ फर्मको अनुगमन गर्दा १०९ फर्म सामान्य अवस्थामा रहेको, ६० फर्मलाई सामान्य कैफियतमा तत्काल नै सुधार गराइएको तथा सुधार गर्न निर्देशन दिइएको, ७० फर्मलाई जरिबाना गरिएको, दुई फर्मबाट परीक्षणका लागि वस्तुको नमूना लिइएको र चार फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न बोलाएको उहाँले जानकारी दिनुभयो ।

विभागले लकडाउनका कारण खाद्य तथा सर्जिकल सामग्रीलाई बढी मूल्यमा बिक्री गर्ने गरेको जनाउँदै बजार अनुगमनलाई तीव्र बनाएको छ । दैनिक दुईदेखि तीन समूहले उपभोक्ताको गुनासोलाई आधार बनाएर बजार अनुगमन गर्ने गरेका छन् । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया