कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सेनाले गर्याे शव व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास

 वैशाख १९, २०७७ शुक्रबार १६:३३:२५ | रासस
unn.prixa.net

सिरहा - विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण नेपालमा पनि बढ्दै गएपछि नेपाली सेनाले सिरहामा कोरोना सङ्क्रमितको शव व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरेको छ । 

कोरोना सङ्क्रमित मृतकको सङ्ख्यामा वृद्धि भएर भयावह स्थिति सिर्जना भएमा मृत शरीरको व्यवस्थापन कसरी गर्ने भन्ने उद्देश्यका साथ शव व्यवस्थापन पूर्वाभ्यास गरिएको हो । 

नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर अन्तर्गत सिरहाको चोहर्वामा रहेको शेर गण ब्यारेक हाताभित्र कोरोना भाइरस सङ्क्रमित मृत शरीर व्यवस्थापनको पूर्वाभ्यास गरेको हो । 

डेमोष्ट्रेसन कार्यक्रम विशेषतः प्याटेन्ट रिसिभर टिम (पीआरटी)ले शङ्कास्पद सङ्क्रमित भेट्दा गरिने कारबाही, कोरोना सङ्क्रमित मृत शरीरको व्यवस्थापन गर्ने तरिका र एम्बुलेन्स तथा सवारी साधनलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा केन्द्रित रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाँईले जानकारी दिनुभयो। 

यसैबीच कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन सिरहामा उल्लङ्घन हुन थालेपछि शुक्रबार बिहानैदेखि नेपाली सेना परिचालन गरिएको छ ।

सदरमुकाम सिरहामा नेपाली सेनाको टोलीले ठाउँठाउँमा लकडाउन उल्लङ्घन गरी सडकमा आवतजावत गर्नेलाई सचेत गराइरहेको छ । सिरहाको लहानमा पनि शुक्रबार बिहानैदेखि लकडाउनलाई थप कडा पारिएको छ । 

प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १२ र छिमेकी जिल्ला उदयपुरको भुल्केमा २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि लहान पनि उच्च जोखिममा रहेको ठहर गर्दै लकडाउनलाई कडा पारेको हो । 

 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया