इजरायलमा रक्षामन्त्री ग्यालान्ट बर्खास्त
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ - इंग्लिस प्रिमियर लिगको यो सिजन सम्पन्न गर्नका लागि दर्शकविना तटस्थ मैदानमा खेलाउनु अन्तिम विकल्प रहेको निस्कर्ष क्लबहरुको बैठकले निकालेको छ ।
शुक्रबार राति भएको २० वटा क्लब र सरकारी पदाधिकारी बीचको भिडियो कन्फ्रेन्समा बढिमा १० वटा रंगशाला प्रयोग गरेर यो सिजनको लिग सम्पन्न गर्न सकिने निस्कर्ष निकालिएको हो । त्यसका लागि खेलाडी र स्टाफलाई ४० हजार टेष्ट आवश्यक रहेको बताइएको छ ।
प्रिमियर लिगमा ९२ खेल खेल्न बाँकी रहेको छ । लिग हुँदा रंगशालाहरु बन्द हुनेछन् । लिग कसरी सुरक्षित र उचित तरिकाले गराउन सकिन्छ भनेर कमिटी पनि गठन गरिएको छ ।
छलफलमा मेडिकल विशेषज्ञ र अरु खेलकुदका पदाधिकारीको पनि सहभागिता रहेको थियो । त्यसमा सुरुवातमा फुटबल लिग र प्रशिक्षकका बारेमा बढि छलफल भएको बीबीसीले जनाएको छ ।
प्रिमियर लिगले सरकारको नियम अनुसार क्लवहरुले प्रशिक्षणमा फर्कनुपर्ने भनेर विज्ञप्ति निकालेको छ । त्यसका लागि क्लबहरुले मेडिकल प्रोटोकलमा हस्ताक्षर गर्नुपर्ने भएको छ । मार्च १३ तारिखबाट स्थगित रहेको प्रिमियर लिगका केही क्लबले प्रशिक्षण सन्चालन पनि गरिसकेका छन ।
खेलाडी प्रशिक्षण गर्दा किट्स लगाएर आउनुपर्ने र अनिवार्य मास्क प्रयोग गर्नुपर्ने नियम मेडिकल प्रोटोकलमा राखिएको छ ।
यसका साथै प्रशिक्षणका बेला खेलाडीले नुहाउने वा खाना खाने काम गर्न पाउनेछैनन । यदि क्लवले खेलाडीलाई खाने व्यवस्था गर्न चाहेमा बोकेर लान मिल्ने व्यवस्था गर्नुपर्ने बताएको छ । आवश्यक मेडिकल औषधीहरु मात्र लिन पाइने भएको छ भने सबै मेडिकल स्टाफहरु पुरै पीपीईमा हुनुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।