एफए कपको फाइनल अगष्ट पहिलो साता गर्ने तयारी

 वैशाख २१, २०७७ आइतबार १२:९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एफए कप फुटबल प्रतियोगिताको फाइनल अगष्टको पहिलो साता गर्ने तयारी भएको छ ।

अहिलेसम्मको योजना अनुसार एफए कपको फाइनल अगष्टको पाँच या ८ तारिखमा गर्ने तयारी भएको बताइएको छ । यो सिजनको अन्तिम खेलका रुपमा एफए कपको फाइनल हुनेछ ।

एफए का प्रमुख कार्यकारी मार्क बलिङघमले यदि यो सिजन सुरु नभएको खण्डमा एक सय मिलियन पाउण्ड गुमाउने पक्का भएको बताएका छन् । आर्थिक समस्याका कारण इंग्ल्याण्ड टिमका प्रशिक्षक गारेथ साउथगेटले एक वर्षको एक मिलियन पाउण्ड तलब कटौति गरिसकेका छन । यस्तै पदाधिकारीले पनि १५ प्रतिशत तलब नलिने घोषणा गरिसकेका छन ।

एफए कपका सात वटा खेल खेल्न बाँकी रहेको छ । अहिले क्वार्टरफाइनल चरणमा रहेको एफए कपका बाँकी सबै खेल वेम्ब्ले रंगशालामा खेलाउने तयारी भइरहेको छ ।

प्रतियोगिताको क्वार्टरफाइनलमा लेस्टर र चेल्सी, न्यूक्यासल र म्यानचेस्टर सिटी, सेफिल्ड र आर्सनल तथा नर्विच र म्यानचेस्टर युनाइटेड 

प्रतिस्पर्धा गर्नेछन् ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया