‘नाम’का शीर्ष नेताहरुँग प्रधानमन्त्रीको अनलाइन संवाद

 वैशाख २२, २०७७ सोमबार २१:५:३५ | रासस
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली आज सिंहदरबारको एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी हुनुभयो । 

सम्मेलनको उद्घाटन अजरबैजानका राष्ट्रपति एवं नामका अध्यक्ष इल्याम एलियेबले गर्नुभएको थियो । संवादमा विश्वव्यापी महामारी भइरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी पहल र विश्व समुदायको साझा दायित्व तथा नामको भूमिकाबारे विचारविमर्श भएको थियो । 

 त्यस अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका मुख्य सल्लाहकार विष्णु रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी हुनुभएको थियो ।

 नाम विश्वका कुनै पनि शक्ति पक्षसँग सम्लग्न भएका १२० मुलुकहरुको साझा मञ्च हो । संयुक्त राष्ट्र सङ्घपछि विश्वमा यो दोस्रो ठूलो राष्ट्रहरुको मञ्च मानिन्छ । यसको स्थापना सन् १९६१ मा भएको थियो । 

विश्वमा कोरोना सङ्कटपछि यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० का शीर्ष नेताहरुको पनि भिडियो संवाद भएको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया