सेती प्रादेशिक अस्पताल कोरोनामुक्त

 वैशाख २६, २०७७ शुक्रबार २१:१८:२७ | रासस
unn.prixa.net

कैलाली - कोरोना भाइरस सङ्क्रमित थप एक जना आज निको भएर डिस्चार्ज भएपछि कोरोनाको ‘डेडिकेटेड‘ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल कोरोना सङ्क्रमित बिरामीबाट मुक्त भएको छ । 

अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला आज निको भएर अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । उहाँ कोरोना भाइरसबाट मुक्त भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित भएका पाँचै जना निको भएर घर फर्केका अस्पतालका कोरोना उपचार विभाग प्रमुख डा शेरबहादुर कमरले बताउनुभयो । 

अस्पतालको आइसोलेशनमा पनि कोही शङ्कास्पद बिरामी नरहेको डा.कमरले जानकारी दिनुभयो । 

आज डिस्चार्ज भएकी महिलाको आठ पटकसम्म नमुना परीक्षण गरिएको थियो । ३४ दिन अस्पताल बसेर महिलाले कोरोनालाई जित्नुभएको हो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया