धादिङ : कोभिड–१९ रोकथामका लागि जिल्ला प्रवेशमा प्रतिबन्ध

 वैशाख २७, २०७७ शनिबार ६:३६:५७ | रासस
unn.prixa.net

धादिङ - सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । 

प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा शुक्रबार धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड र चितवनबाट धादिङ प्रवेश गर्ने मौवाखोलाबाट मानिस आवागमनलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । 

यसैगरी जिल्ला प्रवेश गर्ने मानिसको आवागमनमा कडाइ गर्दै सवारी सञ्चालनमा पास नभएका सवारीसाधन सञ्चालनमा ल्याइए प्रहरीले नियन्त्रणमा लिइ सङ्क्रमक रोग रोक एन २०२० दफा ३ बमोजिम कारवाही गरिने निर्णय गरिएको छ । 

सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार किसानलाई सिजनअनुसार बाली लगाउन दिने, सरकारले खुला गरेको सबै उद्योगमा काम गर्ने मजदूरको ज्वरो तथा स्वास्थ्य परीक्षण गर्ने र श्रमिक कार्यस्थलमै रहने व्यवस्था मिलउनुपर्ने भएको छ । 

खाद्यान्न औषधि पसललगायतका दैनिक अत्यावश्यक पसल बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने र ग्यासलगायतका सामग्रीको सहज आपूर्ति गर्न उद्योगी व्यवसायीलाई निर्देशनसमेत बैठकले दिएको सङ्कट व्यवस्थापन केन्द्रका सदस्यसचिव डा भुवन पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया