नेपालगञ्जमा एकैदिन १ हजार स्वाब सङ्कलन हुँदै

 वैशाख २७, २०७७ शनिबार १५:१८:२५ | रासस
unn.prixa.net

बाँके – नेपालगञ्जमा एकैदिन एक हजार जनाको स्वाब नमुना सङ्कलनको तयारी गरिएको छ ।  

स्वाब सङ्कलनदेखि आरडीटी र पीसीआर यन्त्रमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने भीटीएम र रिएजेन्ट्सलगायतको किट पर्याप्त आएकाे छ । शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गरी परीक्षणमा लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले परीक्षणको दायरा बढाउन दुई हजार टेस्ट किट र एक हजार भीटीएम पठाएको छ ।

एउटै वडामा २३ र नजिकको अर्को वडामा एक सङ्क्रमित देखिएपछि सरकारले नेपालगञ्जमा परीक्षणको दायरा बढाउन निर्देशन दिएको छ  । नेपालगञ्जमा २४ जनामा कोरोना देखिएपछि धेरैभन्दा धेरैको परीक्षण गर्न जनस्तरबाट माग बढेको  छ ।

पर्याप्त टेस्ट किट र भीटीएम आएकाले एकान्तवास, मन्दिर र मस्जिद तथा सङ्क्रमितको सम्पर्कमा रहेका सबैकाे परीक्षण गर्ने तयारी भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा दिनमा सय जनासम्मको परीक्षण हुने बताइएको छ । आज एकैदिन हजार जनाको स्वाब सङ्कलन भएमा काठमाण्डाै लैजानका लागि नेपाली सेनाको जहाज नेपालगञ्जमै राखिएको छ ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख डाक्टर प्रकाश थापाले बाँकेमा सरकारले उच्च प्राथमिकताका साथ आवश्यक उपकरण पठाएकाले स्वाब सङ्कलन तथा परीक्षणमा कुनै अवरोध नहुने बताउँदै आज ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गर्ने तयारी भएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया