अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
जुम्ला – कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि भारतको पिथौरागढबाट पैदलयात्रा गरी १२ जना जुम्ला आइपुगेका छन् ।
हप्ता दिनको पैदलयात्रापछि हिमा गाउँपालिका २ ओदीगाउँका ती स्थानीय यहाँ आइपुगेका हुन् । रोजगारीका लागि उनीहरु तीन महिनाअघि पिथौरागढ गएका थिए । हप्ता दिनको पैदलयात्रा गरेर यसै हप्ता यहाँ पुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती युवा भारतको पिथौरागढ हुँदै दार्चुलाको झुलाघाट नाका भएर यहाँ आएको थिए । उनीहरु सीमापारि २१ दिन क्वरेण्टीनमा बसेर फर्केका हुन् । उनीहरुलाई अहिले गाउँपालिका २ ओदीगाउँको विद्यालयमा निर्माण गरिएको क्वरेण्टीनमा राखिएको छ ।
वडाध्यक्ष नैनसिंह रोकायले भन्नुभयो, ‘भारतबाट आएको थाहा पाउनासाथ परिवारसँग घुलमिल नहुँदै उनीहरुलाई क्वरेण्टीनमा राखेका छौँ । क्वरेण्टीनमा बसेको २१ दिन पुगेपछि कोरोना परीक्षण गरेर मात्रै घर पठाउने तयारी गरेका छौँ ।’
बाहिरबाट आएका नागरिकलाई गाउँपालिकाले गाँसबासको व्यवस्थापन गरी क्वरेण्टीनमा राखेको छ । लकडाउन अवधिमा यहाँ १० हजार सात सय ६५ भित्रिएका छन् । पाँच सय २१ शय्याको क्वरेण्टीनमा दुई सय ३० जना बसेका छन् भने आठ सय ८० जना १४ दिनपछि घर फर्केको शुक्रबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी पाँच सय १६ जना होम क्वरेण्टीनमा बसेका छन् । शुक्रबारसम्म तीन सय ७३ को पीसीआर र दुई सय ५४ जनाको आरडीटी परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ रहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।