अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
कैलाली - सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले भारतको सिमानामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन वातावरण बनाउनुपर्नेलगायतका विभिन्न माग राख्दै शनिबार मुख्यमन्त्री कार्यालयमा धर्ना दिएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलको नेतृत्वको कांग्रेस प्रदेशसभा सदस्यले अलपत्र नेपालीलाई नेपाल ल्याउनुपर्ने, लिपुलेकमा भारतीय पक्षले एकलौटी तरिकाले सडक बनाउन रोक्नुपर्ने, कोरोनाको परीक्षण राम्रोसँग जाँच गर्नुपर्नेलगायतका माग राख्दै मुख्यमन्त्री कार्यालयको मूल गेटमा दबाब दिन धर्ना दिइएको बताइएको छ ।
सुदूरपश्चिमसँग सीमा जोडिएका भारतको उत्तराखण्ड र उत्तरप्रदेशका विभिन्न स्थानमा नेपालीले दुःख पाइरहेकाले उनीहरुलाई नेपालमै ल्याइ क्वारेन्टाइनमा राखेर जाँच गर्न वातावरण मिलाउनुपर्ने कांग्रेस संसदीय दलको माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।